रञ्‍जन कोइरालाको सजाय छुटविरुद्धको रिट पेसीमा चढ्यो-Sutra News

रञ्‍जन कोइरालाको सजाय छुटविरुद्धको रिट पेसीमा चढ्यो

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ। न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चले सुनुवाइ गर्ने भएको छ।



तीन न्यायाधीशको बेन्चले पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय गर्नेछ। पुनरावलोकन नगर्ने फैसला गरे च्याप्टर क्लोज हुनेछ भने पुनरावलोकन हुने निर्णय गरे पूर्ण इजलासमा जानेछ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गर्ने निर्णय गरेका थिए।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। तर जबरा र केसीले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो। सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन्।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट