

काठमाडौं– फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले २३ वर्षीय सविर आलमलाई आइतबार पक्राउ गरेको हो । आलमलाई सुनसरी प्रहरीसँग समन्वय गरी दुहबीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले अर्काको फेसबुक ह्याक गरी आफन्तहरूसँग आफू समस्यामा परेको भन्दै ठगी गर्ने गरेका थिए। महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार अरूको फेसबुक ह्याक गर्ने अनि ती आइडीबाट आफन्तहरूलाई आफू समस्यामा परेको भन्दै खातामा पैंसा जम्मा गर्न लगाइ विभिन्न व्यक्तिहरूलाई ठगेको देखिन्छ ।
प्रहरीले १० दिन अघि ५० लाख र २५ लाख ठगी भएको भन्ने उजुरी आएपछि उनको खोजतलास सुरू गरेको हो ।