शुक्रबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह-Sutra News

शुक्रबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि शुक्रबारसम्म भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।



सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिन मुलुकका केही भागमा वर्षा हुने पूर्वानुमान गरेको हो ।

आजदेखि शुक्रबारसम्म प्रदेश नम्बर ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थान र प्रदेश एक र दुईका थोरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले अनुमान गरेको छ ।

यस अवधिमा पहाडी भूभागमा भूक्षय र पहिरो जानसक्ने तथा तराईमा बाढी र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

मनसुन शुरु भएयता गत जेठ ३० देखि अहिलेसम्म विभिन्न प्राकृतिक विपत्तीमा परी १४७ जनाको मृत्यु भएको छ । त्यसमा पहिरोले १२७, बाढीले ३ र चट्याङ लागेर १७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै पहिरोमा परी ११४ जना, बाढीमा १ र चट्याङ लागेर ४२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट