सुशान्त सिंह राजपुतको जीवनीमा फिल्म बन्दै, सचिन तिवारीले अभिनय गर्ने-Sutra News

सुशान्त सिंह राजपुतको जीवनीमा फिल्म बन्दै, सचिन तिवारीले अभिनय गर्ने

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

मुम्बई– भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधनसँगै नातावादको विषयलाई लिएर बलिउडमा निकै बहस चलेको छ। यसैबीच सुशान्तको मृत्युण्बारे फिल्म बन्ने भएको छ ।



सुशान्तको जीवन र मृत्युको घट्नाक्रमलाई लिएर घोषणा भएको चलचित्र ‘सुसाइड और मर्डर’को पोष्टर सार्वजनिक भएको छ । चलचित्र विएसजी बिन्जको निर्माणमा बन्न लागेको हो भने यसको निर्माताका रुपमा विजय शेखर गुप्ता छन् ।

114891777_1052637941970498_8997344282258435602_n.jpg

समिक मौलिकले निर्देशन गर्ने चलचित्रलाई सुशान्त सिंहले वलिउडमा प्रवेश गर्दा गरेको संघर्ष र उनको जीवनलाई लिएर बनाउन लागिएको हो ।

चलचित्रका निर्माता रहेका विजय शेखर गुप्ताले केही दिनअघि इन्स्टाग्राममा चलचित्रको एक पोष्टर राखेका थिए । त्यस्तै, सोही पोष्टरलाई अहिले चलचित्रको प्रोडक्सन कम्पनी वीएसजी बिन्जले आफ्नो ट्विटरमार्फत् सार्वजनिक गरेको छ ।

चलचित्रको एक पोष्टरमार्फत् सुशान्तको भूमिकामा सचिन तिवारीलाई राखिएको बताइएको छ भने अर्को पोष्टरमार्फत् चलचित्रमा ‘नेपोकिङ’को भूमिकामा भारतीय मोडल राणालाई राखिएको छ ।

गत जुन १४ मा आफ्नै घरमा फासी लगाएर आत्महत्या गरेका सुशान्तको जीवनमा आधारित भएको चलचित्र बन्न लागेको हो । उक्त चलचित्र आगामी सेप्टेम्बरबाट छायांकनमा जाने विभिन्न भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट