

काठमाडौं– अबैध रुपमा भित्र्याएको सुन प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको हो ।
काठमाडौंको कमलादीबाट सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सुन भनेर बरामद गरे पनि सुन हो या होइन जाँच गर्न बाँकी रहेको छ । प्रहरीले पछ्याई गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुन फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै प्रहरीले दुई थान हतियार समेत बरामद गरेको छ। प्रहरीले बरामद गरेको सुन सक्कली भएको खण्डमा बरामद सुन अहिलेको बजार मूल्य अनुसार १२ करोड रुपैयाँ बराबर हुन आउँछ।