काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन्।
वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ।
सो अवसरमा उनीहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्नेबारे छलफल भएको थियो।