काठमाडौं– कालीकोटको नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ७ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको छ ।
घटनास्थलबाटै ६ जनाको शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
त्यसैगरी सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ ।
यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए ।