

न्युयोर्क- अमेरिकामा कोरोना भाइरसका कारण मंगलबार १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ।
गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिनायताको सबैभन्दा बढी भएको जनाइएको छ।
स्थानीय समयानुसार मंगलबार राति ८ः१० सम्म एकैदिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आबद्ध विश्वविद्यालयल जानकारी दिएको छ।
अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ।
कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन्। गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबेइ प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ।
-एजेन्सी