त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर-Sutra News

त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

चितवन– विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।

बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट