वीरगंज–कोरोना संक्रमणबाट वीरगंजमा थप एक जनाको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगंज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए । उपाध्यायले भने, ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो । आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गर्यौं तर बचाउन सकिएन ।’
अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।
बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।