क्रिस्टोफर नोलन निर्देशित ‘टेनेट’को विश्वव्यापी प्रदर्शन अगस्ट २६ बाट-Sutra News

क्रिस्टोफर नोलन निर्देशित ‘टेनेट’को विश्वव्यापी प्रदर्शन अगस्ट २६ बाट

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

एजेन्सी– क्रिस्टोफर नोलनको बहुप्रतिक्षित चलचित्र ‘टेनेट’ आगामी २६ अगस्टबाट विश्वभर प्रदर्शनमा आउने भएको छ । ‘वार्नर ब्रोज’ प्रोडक्सनले सो चलचित्र निर्माण गरेको हो ।



प्रोडक्सन कम्पनीका अनुसार आगामी अगस्ट २६ मा चलचित्रले अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन थाल्नेछ भने सेप्टेम्बर २ बाट दक्षिण अमेरिकन मुलुकहरूमा प्रदर्शन हुनेछ ।

फ्रान्स, जर्मनी, इटली, जापान, रसिया, बेलायत, क्यानडा, कोरिया लगायतका विश्वभरका विभिन्न ७० देशमा चलचित्र प्रदर्शन हुनेछ ।

चलचित्रको दोस्रो बजार मानिने चीनमा चलचित्र कहिलेबाट प्रदर्शन हुनेबारे खुलाइएको छैन । प्रोडक्सन कम्पनी वार्नर ब्रोजले गत हप्ता दिएको जानकारी अनुसार चलचित्रको पहिलो बजार दक्षिण अमेरिकाभन्दा अघि अन्तर्राष्ट्रिय रूपमा चलचित्र प्रदर्शन हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण यो पटकसहित लगातार तेस्रो पटकसम्म टेनेटको प्रदर्शन मिति सरेको छ । यसअघि पहिलो पटक जुलाई १७ मा चलचित्रको प्रदर्शन तोकिएको थियो भने दोस्रो पटक जुलाई ३१ म तोकिएको थियो । त्यसपछि पुनः अगस्ट १२ मा तोकिएको थियो । हाल दक्षिण अमेरिकामा सेप्टेम्बर २ र अन्य मुलुकमा अगस्ट २६ का लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट