पाटन अस्पताललमा उपचाररत कोरोना संक्रमितको मृत्यु-Sutra News

पाटन अस्पताललमा उपचाररत कोरोना संक्रमितको मृत्यु

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

काठमाडौं- ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको हो।



अस्पतालका निर्देशक डा विष्णु शर्माले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे। ‘तराईतिरबाट रिफर भएर आउनुभएको थियो आज उपचारकै क्रममा उहाँको निधन भयो।’

उनका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी बिरामी थिइन्। उनलाई ६ साउनमा पाटन अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट