सभामुखको निवासमा कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण-Sutra News

सभामुखको निवासमा कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण

शनिबार, १७ साउन २०७७

शनिबार, १७ साउन २०७७

काठमाडौं– संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

‘सभामुख निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भयो,’ उनले भने, ‘सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ।’ सभामुख सापकोटाको सचिवालयका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको देखिन्छ।

‘ती सुरक्षाकर्मी साउन ६ गतेपछि यहाँ आउनुभएको छैन,’ सभामुख सचिवालयले भन्यो, ‘उहाँमा कोरोना पुष्टि भएपछि अरू सुरक्षाकर्मीको हिजो नै स्वाब संकलन गरिसकिएको छ। रिपोर्ट आइसकेको छैन।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट