कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल-Sutra News

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

शनिबार, १७ साउन २०७७

शनिबार, १७ साउन २०७७

विराटनगर–श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।



कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट