

काठमाडौं–भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचित भएकी थिइन् ।