Logo

बुधवार, माघ ७ गते २०७७

सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार

सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार

सूत्र न्यूज

१८ श्रावण २०७७
  • 614
    SHARES
  • सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार
    फाइल तस्बिर

    काठमाडौं–सुनको मूल्य आइतबार पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९९ हजार छ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९९ हजार तीन सयमा रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजावी सुनको मूल्य पनि ३०५ रुपैयाँले बढेर ९९ हजार १६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य ९८ हजार ८६५ रुपैयाँ रहेको थियो ।

    चाँदीको मूल्यमा पनि ३० रुपैयाँले बढेर १२ सय ३० पुगेको छ । अघिल्लो दिन यसको मूल्य १२ सय रुपैयाँ रहेको थियो ।


    प्रकाशित :श्रावण १८, २०७७ आइतवार - ११:११:२९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.