बलात्कार र बदला समेटिएको प्रकाश सपुतको नयाँ गीत सार्वजनिक-Sutra News

बलात्कार र बदला समेटिएको प्रकाश सपुतको नयाँ गीत सार्वजनिक

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं- लोक गायक तथा संगीतकार प्रकाश सपुतले ‘बदला बरिलै’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। महिला हिंसा तथा बलात्कारको विषयलाई केन्द्रमा राखेर बनेको गीत एक दिनअघि सार्वजनिक भएको हो।



प्रकाश सपुतको शब्द तथा संगीतमा रहेको उक्त गीतमा आवाज भने देवी धर्तीको रहेको छ। गीतको भिडियोमा गायनमा रुचि राख्ने युवतीलाई एक कार्यक्रमका निर्णायकले गरेको बलात्कार र त्यसपछि मृत्यु भएकी युवतीले लिएको बलात्कारलाई समेटिएको छ।

मृत्युपछि युवतीका अभिभावकले न्याय खोज्दा नपाएको र त्यसपछि मृत्यु भएकी युवतीले ‘भूत’को रुपमा आफ्नो बदला लिएको कुरालाई गीतमा समेटिएको छ।

उक्त गीतको भिडियोलाई प्रकाश सपुत स्वयंले निर्देशन गरेका छन् भने क्रिएटिभ डिरेक्टरको रुपमा देवेन्द्र बब्लु रहेका छ्न्। त्यस्तै, गीतमा मुख्य भूमिकामा केकी अधिकारी देखिएकी छन् भने अन्य धुव्र कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य। भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट