काठमाडौं– नेपालमा थप २ सय ४६जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा ८ हजार ८ सय ३१ जनामा गरिएको स्वाब परीक्षणमा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
काठमाडौंमा पनि थप ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।