विवाद समाधानका लागि बालुवाटारमा छलफल गर्दै ओली–प्रचण्ड–झलनाथ-Sutra News

विवाद समाधानका लागि बालुवाटारमा छलफल गर्दै ओली–प्रचण्ड–झलनाथ

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक विवादका विषमा छलफलमा जुटेका छन्।



आइतबारको बैठकमा कुनै सहमति नभएपछि सोमबार बालुवाटारमा छलफलमा जुटेका हुन् ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् । बिहान सवा ९ बजेदेदेखि जारी छलफल महिनादिन भन्दा बढी समयदेखि पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको नेकपाका एक नेताले जानकारी दिए । ती नेताले भने, ‘उहाँहरु छलफलमा हुनुहुन्छ । विवाद समाधानका लागि ठोस सहमति गर्न प्रयत्न भैरहेको छ।’

आइतबार भएको छलफलमा ओली–दाहाल दुवैले आआफ्ना अडान नछाडेपछि विनानिष्कर्ष छलफल सकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट