सिन्धुपाल्चोक–पाँचपोखरी थाङपालधाप गाउँपालिका–२ मा आइतबार राति आएको पहिरोमा परी श्रीमान्-श्रीमतिको मृत्यु भएको छ ।
राति २ बजेतिर आएको पहिरोले यज्ञबहादुर क्षेत्रीको घर पुर्दा उनी र उनकी श्रीमती लक्ष्मी सिलवालको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।
‘उहाँहरूका छोरा काठमाडौंमा, एउटा छोरी विदेशमा हुनुहुन्छ,’अध्यक्ष लामाले भने,‘गाउँमै भएकी छोरी हिजो राति हजुरआमासँग गएकाले बच्नुभएछ।’