

काठमाडौं- सोमबार सेयर बजार सामान्य बढेको छ। लगडाउन खुलेको केही समयसम्म सकारात्मक सर्किट लाग्ने गरेको सेयर बजार अघिल्लो दिनहरुमा भने सामान्य घटबढ भइरहेको छ।
सेयर बजार तलमाथि हुनु यसको विशेषता नै हो। आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिले पनि सेयर बजारको लागि राम्रो नीति तथा कार्यक्रमहरु ल्याएको थियो। जसका कारण सेयर बजारमा सकारात्मक माहोल बनेको थियो।
अन्य ब्यापार व्यवसायमा मन्दी छाएका कारण सेयर बजारमा लगानी कर्ताहरु झुम्मिएका थिए। तर अहिले सेयर बजार स्थिर भएको छ । कहिले सामान्यरुपमा बढ्ने सेयर बजार कहिले सामान्यरुपमा घट्को पनि छ।
सोमबार नेप्से ७.६९ अंकले घटेर १४०३ बिन्दुमा पुगेको छ। यस दिन लगभग १ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर किनबेच भएका छन्। कारोबार भएका १२ समूहमध्ये ९ वटा समूहको सेयर मूल्य बढेको छ भने, ३ वटा समुहको सेयर मूल्य घटेको छ।
आज नेप्सेमा ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। अजोड इन्सुरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।