लगानी बोर्डको सीइओमा सुशील भट्ट नियुक्त-Sutra News

लगानी बोर्डको सीइओमा सुशील भट्ट नियुक्त

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गरेको हो।



यसअघि गत १२ साउनमा बसेको बैठकमा सीइओ नियुक्त गर्ने प्रस्ताव लगिएको थियो। 

अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टका साथै रामकृष्ण खतिवडा र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो।

योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालको लागि सीइओ नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट