काठमाडौं–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट संक्रमित हुनेको संख्या भारतमा १८ लाख ५५ हजार पुगेको छ । मंगलबार विहानसम्म ५० हजार ६२९ जना संक्रमित भएका छन् ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ ।
हप्ता दिनमा भारतमा दुई लाखका दरले संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म १२ लाख ३० हजार ४४० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जनाको उपचार भइरहेको छ ।
वर्ल्डोमिटर्सका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८१० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार ९७१ पुगेछ ।