

काठमाडौं–कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा साढे २७ लाखभन्दा बढी संक्रमित भएका छन् । मंगलबार एकैदिन १७ हजार ९८८ जनामा संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ५१ हजार ६५५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप ५७२ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ७०२ पुगेको छ । ७ लाख ४४ हजार ६४४ जनाको उपचार भइरहेको ब्राजिलमा १९ लाख १२ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् ।