‘डाइनोसर’को सामना गर्न उत्साहित निइल-Sutra News

‘डाइनोसर’को सामना गर्न उत्साहित निइल

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

एजेन्सी–अभिनेता स्याम निइल पुनः डाइनोसरको अगाडि पर्न उत्सुक रहेको बताएका छन् । जुलाई ६ बाट छायांकन सुरु भएको सिनेमामा आफू डाइनोसरको अगाडि पर्न उत्साहित भएको ट्विटरमार्फत् बताएका हुन् । 



स्टेफेन स्पिलबर्ग निर्देशित ‘जुरासिक पार्क’मा डा.एलन ग्रान्टको प्रमुख भूमिका देखिएका निइलले गत सोमबारबाट जुरासिक वर्ल्डको नयाँ भाग ‘जुरासिक वर्ल्ड: डोमिनिओन’मा अभिनय गर्नमा लालयित भएको बताए ।

कोरोना महामारीका कारण सिनेमाको सुटिङ केही महिनालाई सोकिएको थियो । ‘मेरो पुरानो काम फेरि यो हप्ता सुरु हुँदै छ,’ उनले ‘जुरासिक पार्क ३’ एक तस्विर राख्दै ट्विटरमा लेखेका छन्, ‘फेरि डाइनोसरको सामना हुँदैछ । म उत्साहित छु ।’

‘जुरासिक वर्ल्ड: डोमिनिओन’मा जुरासिक पार्क ट्राइलोजिका केही अभिनेताहरुले अभिनय गर्ने छन् भने केही नयाँ कलाकारको पनि प्रवेश रहनेछ ।

जुरासिक फ्लिम फ्रेन्चाइजको छैंठो सिनेमा ‘जुरासिक पार्कः डोमिनिओन’ आगामी वर्ष सन् २०११ को जुन १० मा रिलिज गरिने तयारी अनुसार सुटिङ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट