काठमाडौं–सुनको मूल्य एकलाख नजिक पुगेको छ । मंगलबार दुईसय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजारी सुनको मूल्य प्रतितोला ९९ हजार ३६५ रुपैयाँ पुगेको छ । चाँदीको भने सोमबारकै मूल्य कायम रहँदै १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।