भैँसेपाटीमा प्रचण्ड-वामदेवबीच ४० मिनेट ‘वान टू वान’ वार्ता-Sutra News

भैँसेपाटीमा प्रचण्ड-वामदेवबीच ४० मिनेट ‘वान टू वान’ वार्ता

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद जारी रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ।



गौतम निवास भैँसेपाटीमा मंगलबार ११ बजेदेखि एक्लाएक्लै भेटवार्ता भएको थियो। गौतमका प्रेस सहयोगी दीपक टमटाका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको सूत्र न्यूजलाई जानकारी दिए।

१३ साउनमा नेता गौतमले ‘पार्टी विग्रह तत्काल रोक्नका लागि’ भन्दै छ बुँदे प्रस्ताव दुवै अध्यक्ष समक्ष राखेका थिए।

गौतमको प्रस्तावमा एकता महाधिवेशनसम्म केपी शर्मा ओली नै पार्टी अध्यक्ष र प्रधानमन्त्री रहने र प्रचण्ड सम्पूर्ण अधिकारसहितको जिम्मेवारीमा रहने उल्लेख छ। गौतमको प्रस्तावबारे अहिलेसम्म सार्वजनिक रुपमा कुनै पनि नेताले टिप्पणी गरेका छैनन्।

दुई नेताहरुबीच आज के विषयमा कुरा भयो भन्नेचाहिँ खुलेको छैन। टमटाले पार्टीभित्र चलेको विवादका विषयमा कुरा भएको हुनसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट