‘२५ जनाभन्दा बढी जम्मा हुन मिल्दैन, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्’-Sutra News

‘२५ जनाभन्दा बढी जम्मा हुन मिल्दैन, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्’

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लकडाउन’को नियमले नदिने नियमभन्दा बाहिर गएर बैठक माग गरेको भन्दै आफ्नै पार्टीका नेता/कार्यकर्ताप्रति व्यंग्य गरेका छन्।



मंगलबार कोरोना नियन्त्रणबारे विज्ञहरुसँग बालुवाटारमा छलफल गर्ने क्रममा ओलीले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने भए पनि आफ्नो पार्टीभित्र ४ सय ५० जनाको केन्द्रीय कमिटीको माग भएको भन्दै व्यंग्य गरे।

‘केही मानिस र केही संस्थाहरुमा अत्यन्त गैरजिम्मेवारपना देखिन्छ,’ ओलीले भने, ‘यथार्थमा भन्दाखेरी अन्त खोज्न गइराख्नु पर्दैन। २५ जनाभन्दा बढी जम्मा हुन दिएको छैन, मेरै पार्टीमा ४ सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर… कहाँ बस्ने हो भन्ने सोच केही छैन। तर, बैठकचाहिँ चाहियो भन्ने सोच मेरै पार्टीमा छ।’

केन्द्रीय कमिटी बैठक माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयलाई १५२ केन्द्रीय सदस्यले १४ साउनमा पत्र लेखेका थिए।

उनले देशप्रति, जनताप्रतिको गम्भीर उदाशिनता, लापरबाही र वेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछि कुद्ने प्रवृति व्यापक रहेको बताए ।

देश यस्तो संकटमा भएका बेला सरकारको विरोध गर्ने माध्यामकारुपमा जता पल्टाए पनि रोकेन भने किन रोकेन भन्ने, रोक्यो भने किन रोक्यो भन्ने। लकडाउन गरेन भने किन गरेन भन्ने। गर्‍यो भने किन गर्‍यो भन्ने।

यस्तो छ प्रधानमन्त्रीको भानाइ

केही मानिस र केही संस्थाहरुमा अत्यन्त गैरजिम्मेवारपना देखिन्छ। यथार्थमा भन्दाखेरी अन्त खोज्न गइराख्नु पर्दैन। २५ जनाभन्दा बढी जम्मा हुन दिएको छैन, मेरै पार्टीमा ४ सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर… कहाँ बस्ने हो भन्ने सोच केही छैन। तर, बैठकचाहिँ चाहियो भन्ने सोच मेरै पार्टीमा छ।

स्थायी कमिटी अहिल्यै बस्नुपर्‍यो, भोलि बस्नुपर्‍यो, त्यसबाहेक केही छैन।

यो देशप्रति, जनताप्रतिको गम्भीर उदाशिनता, लापरबाही र वेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछि कुद्‍ने प्रवृति व्यापकरुपमा देखिन्छ। यो अन्त पनि देखिन्छ। सञ्चार माध्यमहरुमा देखिन्छ। देश यस्तो संकटमा भएका बेला सरकारको विरोध गर्ने माध्यमकारुपमा जता पल्टाए पनि रोकेन भने किन रोकेन भन्ने, रोक्यो भने किन रोक्यो भन्ने। लकडाउन गरेन भने किन गरेन भन्ने। गर्‍यो भने किन गर्‍यो भन्ने। अनि मान्छेहरु उचाल्ने।

म यतिबेला सबैसँग आग्रह गर्न चाहान्छु। जनताको जीवनभन्दा ठूलो कुरा केही पनि छैन। पहिलो कुरो जनताको जीवन रक्षाको कुरा हो। हामी सबै त्यस प्रश्नमा केन्द्रित हुन जरुरी छ। त्यस प्रश्नमा केन्द्रित भएर अगाडि बढ्नु जरुरी छ। त्यसका निम्ति सिंगै देश एकजुट हुन जरुरी छ।

मैले सुरुमै भनेको थिएँ, कोभिड–१९ विरुद्धको लडाईँमा हामी हरेक एउटा सिपाही हौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट