काठमाडौं- कोभिड-१९ र लकडाउनका कारण सुनको मूल्य विश्वव्यापीरुपमा ह्वात्तै बढेको छ। नेपालकै कुरा गर्ने हो भने सोमबार (१९ साउन)मा ९९ हजार ६ सय रुपियाँ रहेको मूल्यमा वृद्धि भई मंगलबार (२० साउन) ९९ हजार ८ सय पुगेको छ। यो नै अहिलेसम्मको सबैभन्दा बढी मूल्य हो।
किन यसरी बढिरहेको छ सुनको मूल्य? यसरी नै वृद्धि हुँदै जाने हो भने मूल्य कतिसम्म पुग्ला? मूल्यमात्र वृद्धि भइरहेको हो कि व्यापारमा पनि वृद्धि भएको हो? यसै विषयमा सूत्रन्यूजडटकम मल्टिमिडिया टिमका सागर लामिछाने मगर र सन्दीप आचार्यले नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष माणिकरत्न शाक्यसँग कुराकानी गरेका छन्।
प्रस्तुत छ, उपरोक्त तीन विषयमा उपाध्यक्ष शाक्यले गरेको ब्रिफिङ: