सुनचाँदी व्यवसायी भन्छन्–व्यवसाय जोगाउनै गाह्रो भयो-Sutra News

सुनचाँदी व्यवसायी भन्छन्–व्यवसाय जोगाउनै गाह्रो भयो

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं–दैनिक रूपमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । एकलाख नजिक पुगेको सुनको मूल्य अझै बढ्न सक्ने सुनचाँदी व्यवसायीहरूले बताएका छन् । सुनको मूल्य बढेपछि व्यवसायीहरुलाई सुन विक्री गर्नुभन्दा व्यवसाय नै टिकाउन समस्या परेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताए ।  



सुनको मूल्य बढ्दा उपभोक्तालाई मात्र नभई व्यवसायीहरू पनि घाटामा रहेको अध्यक्ष लकान्द्रीले बताए । उनी भन्छन्, ‘दिनमा एकतोला सुन पनि बिक्री हुन सकेको छैन । उपभोक्ता मात्र होइन हामी व्यवसायीहरूले पनि घाटा व्यहोरेका छौं ।’

कोभिड–१९ मात्र नभई विश्वका उद्योग तथा कलकारखाना बन्द भएपछि सुनको मूल्य बढेको उनको भनाइ छ । सुनको मूल्य बढेर १ लाख ४० हजारसम्म पुग्नसक्ने अनुमान गर्दै लकान्द्रीले यस्तो अवस्था आए व्यवसायीहरूले पसल बन्द गर्नुको विकल्प नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट