लेबनान विस्फोट: विश्वका नेताहरूद्वारा सहयोगको प्रतिबद्धता-Sutra News

लेबनान विस्फोट: विश्वका नेताहरूद्वारा सहयोगको प्रतिबद्धता

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं–विश्वका शीर्ष नेताहरुले लेबनानमा भएको विस्फोटप्रति समवेदना प्रकट गरेका छन् । लेबनानको राजधानी बेइरुत भएको विस्फोटमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ भने करिब ३ हजार ७ सय जना घाइते भएका छन् ।



विस्फोटको कारण नखुले पनि लेबनानका प्रमुख सुरक्षा अधिकारी अब्बास इबराहिमले विस्फोटक पदार्थ राखिएको बन्दरगाह क्षेत्रमा विस्फोट भएको बताएका छन् । विस्फोटले बन्दरगाहसँगै भवनहरुमा क्षति पुर्याएको छ । घाइतेहरुको उद्धारका लागि सेनाले हेलिकप्टरमार्फत् प्रयास गरे पनि आकाशमा अत्याधिक धुँवाका कारण सम्भव भएको छैन । लेबनानका अधिकारीहरुका अनुसार मृतकको संख्यामा बृद्धि हुने अनुमान गरिएको छ ।

विस्फोटपछि विश्वभरका नेताहरुले लेबनानप्रति समवेदना प्रकट गरेका छन् । फ्रान्सका राष्ट्रपति इमान्नयल मेक्रोनले लेबनानका नागरिक तथा अधिकारीहरुलाई साथ दिने बताउँदै आफूले उद्धारका लागि सहयोग सहयोग गर्ने बताएका छन् । ट्वीटरमा उनले लेखेका छन् ‘फ्रान्स लेबनानको साथमा रहेको छ । हाम्रोतर्फबाट स्रोतसाधन सहयोग गर्छौं ।’

जर्ननीको विदेश मन्त्रालयले आफ्नो दुतावासका अधिकारीहरु पनि उक्त घटनामा घाइते भएको बताएको छ । बनदरगाहबाट केही दुरीमा रहेको जर्मन दुतावासमा पनि विस्फोटले क्षती पुगेको छ । तर, कति क्षति भएको छ भन्ने स्पष्ट नभएको मन्त्रालयले जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफ्ना प्रवक्तामार्फत् लेबनानलाई सहयोग गर्ने बताएकी छिन् ।

इराकका विदेशमन्त्री जाबेद जारिफले लेबनानलाई सहयोग गर्न आफू तयार गरेको बताएका छन् । उनले ट्विटरमार्फत् उक्त घटनाप्रति समवेदना राख्दै लेखेका छन्, ‘लेबनान बलियो हुनुपर्छ । हाम्रो साथ र सहयोग सधैं छ ।’

त्यस्तै, इजरायलले पनि लेबनानलाई सहयोग गर्ने बताएको छ । इजरायलले आफ्नो देशका विदेशी च्यालनमार्फत् मानवीय सहयोग गर्ने बताएको छ । रक्षामन्त्री बेन्नी ग्रान्ट्जले ट्विटरमार्फत् लेबनानलाई सहयोग गर्ने बताएका हुन् ।

इटलीका विदेशमन्त्री लुईगी डी मैओले सामाजिक सञ्जालमार्फत् विस्फोटमा घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले लेखेका छन्, ‘यो दुःखद् घडीमा लेबनानको साथमा इटली छ । हामी घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्छौ भने मृत्यु हुनेको परिवारप्रति हार्दिक समदेवना प्रकट गर्छौ ।’

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले लेबनानको घटनाप्रति समवेदना प्रकट गर्दै आफूले सहयोग गर्ने बताएका छन् । उनले पनि ट्विटरमा लेखेका छन्, ‘बेइरुतको तस्बिर र भिडियोहरु डरलाग्दा छन् । बेलायतले जुनसुकै सहयोग लेबनानलाई गर्न तयार छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विस्फोटमा मृत्यु हुनेप्रति समदेवना प्रकट गरेका छन् । उनले लेबनानलाई सहयोग गर्ने बताएका छन् । राष्ट्रपति कार्यलयमा भएको बिफ्रिङमा भने, ‘अमेरिका लेबनानलाई सहयोग गर्न तयार छ । यो डरलाग्दो आक्रमणजस्तो देखिएको छ । हामी सहयोग गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट