

काठमाडौं- आज अपराह्न ललितपुरको बंगलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो। उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्