आजदेखि सवारीमा जोर विजोर प्रणाली लागू-Sutra News

आजदेखि सवारीमा जोर विजोर प्रणाली लागू

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–सरकारले आजदेखि देशभरि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। गृहमन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं उपत्यका र दुई सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन्।



यसअघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो। यस्तै भदौ १ देखि लामो दूरीको सवारी चलाउन दिने निर्णयसमेत गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञसँग गरेको छलफल पछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ। छलफलमा विज्ञहरुले पूर्ण लकडाउन नगर्न सुझाव दिदै संक्रमित बढी भएका क्षेत्रमा कडाई गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट