

काठमाडौं–लेबनानको राजधानी बेइरुतमा मंगलबार भएको विस्फोटनमा परी ज्यान गुमाउनेको संख्या एकसय ३५ पुगेको छ । बीबीसीका अनुसार बिहीबारसम्म कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको संख्या ४ हजार भन्दा बढी छ।
राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो।
भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर ‘त्यस्तो नभएको’ बताएका छन्। बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतंक शब्दमा बयान गर्न नसकिने बताएका छन्।