‘कोभिड–१९’बाट शिथिल दक्षिण एसियाली क्षेत्रको फुटबललाई अगाडि बढाउन फिफाले सहयोग गर्ने-Sutra News

‘कोभिड–१९’बाट शिथिल दक्षिण एसियाली क्षेत्रको फुटबललाई अगाडि बढाउन फिफाले सहयोग गर्ने

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–कोरोना भाइरसको महामारीपछिको समस्याबारे फिफा अध्यक्ष गियनी इन्फान्टिन्हो र एएफसीका अध्यक्ष शेख सलमानले दक्षिण एसियाली क्षेत्रका फुटबल संघहरुसँग छलफल गरेका छन् ।



अध्यक्षद्वय इन्फान्टिन्हो र सलमानले कोरोना भाइरसले फुटबलमा पारेको असर र संघहरुले खेलेको भूमिकाबारे चाँसो राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

‘फुटबललाई सुरक्षित तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भयो,’ बुधबार भएको भर्चुअल बैठकमा सहभागी एन्फा अध्यक्ष शेर्पाले भने, ‘हामीहरूले पनि आ–आफ्नो देशको फुटबल संघले गरेका कामहरु बतायौँ ।’

आगामी दिनमा दक्षिण एसियाली क्षेत्रको फुटबललाई अगाडि बढाउन फिफाले आर्थिक सहयोगदेखि प्रायोजक खोज्ने जस्ता काममा सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष इन्फान्टिन्होको भनाइ उदृत गर्दै अध्यक्ष शेर्पाले बताए ।

कोरोना भाइरसका कारण फिफा र एएफसीका अफिसियल खेलहरु हुन सकेका छैनन् । तर, विस्तारै दक्षिण एसियाली देशहरुले घरेलु लिगहरु फिफाको प्रोटोकल अनुसार शुरु गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट