पशुपति शर्मा र रमिला न्यौपानेको तीज गीत ‘पीर नभाको को छ र ?’ सार्वजनिक-Sutra News

पशुपति शर्मा र रमिला न्यौपानेको तीज गीत ‘पीर नभाको को छ र ?’ सार्वजनिक

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको तीज गीत सार्वजनिक भएको छ । हिन्दु नारीहरूको महानचाड हरितालिका तीज नजिकिएसँगै यतिबेला तीजका नयाँ गीत् सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ । यसैबीच गायक शर्मा र गायिका न्यौपानेको आवाजमा रहेको ‘पीर नभाको को छ र ?’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।



उक्त गीतलाई गायक शर्माको आफ्नो यूट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको गायिका न्यौपानेले जानकारी दिइन् । शर्माको लय र शब्द सिर्जना रहेको गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । गीतको छायांकन पनि पौडेल आफैले गरेका छन् ।

नवीन घर्ती मगरले सम्पादन गरेको भडियोमा दिपा शाविसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड छन् ।यसअघि गायक शर्मा र गायिका न्यौपानेको ‘झमझम दर्कियो पानी’, बोलको गीतले चर्चा कमाएको थियो ।

गायिका न्यौपानेको ‘आज त भेट्न आउँदिन है कालु’ तीज गीत चर्चित रहेको छ ।

हेर्नका लागि भिडियो लिंक क्लीक गर्नुहोस्

https://youtu.be/DX0S3hJ3tLk

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट