

काठमाडौं–म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
खेलको ५५औं मिनेटमा वेसिंगरको गोलमा अग्रता बनाएको लास्कले त्यसको दुई मिनेटपछि नै गोल खाएको थियो । लिङ्गार्डले युनाइटेडका लागि बराबरी गोल गरेका थिए। खेलमा अन्तिम दुई मिनेट बाँकी रहँदा मार्सियलले गोल गर्दै युनाइटेडलाई विजयी गराए ।