रोडिजका विजेता सुजन भन्छन्– पुरस्कारको रकमले आमाबुबाको उपचार गर्छु-Sutra News

रोडिजका विजेता सुजन भन्छन्– पुरस्कारको रकमले आमाबुबाको उपचार गर्छु

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–हिमालयन रोडिजको तेस्रो सिजनका विजेता सुजन सुवेदीले पुरस्कारबाट प्राप्त रकमले आमाबुबाको उपचार गर्ने बताएका छन् । केही दिनअघि एक समारोहकाबीच सुजनलाई पुरस्कार प्रदान गरिएको थियो । 



उनले सूत्रन्युजसँग कुरा गर्दै पुरस्कारमा पाएको रकमले आमाबुबाको उपचार गर्ने बताएका हुन् । ‘मेरो आमाबुबा अस्वस्थ्य हुनुहुन्छ,’ उनले भने, ‘रोडिजबाट पुरस्कार पाएको रकमले उहाँहरूको उपचार गर्छु ।’

भारतीय च्यानलमा प्रसारण हुने इन्डियन रोडिजजस्ता कार्यक्रम हेरेपछि रियालिटी शोमा भाग लिने इच्छासँगै सफलता पनि पाएको बताए । विद्यालयमा फिजिकल ट्रेनरको रूपमा काम गरिरहेका उनले रोडिजको तेस्रो सिजनमा भाग लिएका थिए । पुरस्कार स्वरूप उनले नगदसहित एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट