अमिताभले दिए ट्रोलको प्रतिक्रिया-Sutra News

अमिताभले दिए ट्रोलको प्रतिक्रिया

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

एजेन्सी–भारतीय अभिनेता अमिताभ बच्चनले आफ्नो बारेमा बनेका ट्रोलको विषयमा प्रतिक्रिया दिएका छन्। कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि अस्पतालमा रहँदा अमिताभमाथि ट्रोल बनेका थिए। डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन् ।



नकरात्मक भ्रम फैलाउनेहरूको बारेमा लेखिएको कविताको अंश राख्दै ट्रोलको प्रतिक्रिया दिए।अमिताभले बुधबार आफ्नो फेसबुकमा आएको एक कमेन्टमा पनि जवाफ दिएका छन्।

उक्त कमेन्टमा बच्चनले आफ्नो ‘बाँकी सम्पत्ति’ किन दान नगर्ने भन्ने बारेमा सोधिएको प्रश्नको जवाफमा आफूले गरिरहेको सहयोगका कामहरूको लिस्ट देखाएर प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट