सरकारका प्रवक्ता भन्छन्- देशव्यापी ‘लकडाउन’मा जानेतर्फ अहिले सरकारले सोचेको छैन-Sutra News

सरकारका प्रवक्ता भन्छन्- देशव्यापी ‘लकडाउन’मा जानेतर्फ अहिले सरकारले सोचेको छैन

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- सरकारका प्रवक्ता एवं अर्थ र सूचना, सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले देशव्यापी ‘लकडाउन’मा जानेबारे अहिले सरकारले नसोचेको बताएका छन्।



‘देशव्यापी लकडाउनमा जानेतर्फ अहिले सरकारले केही पनि सोचेको छैन,’ सञ्चार मन्त्रालयले गर्ने बिहीबारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘तर, यदि परिस्थिति बिग्रियो भने मूलतः स्थानीय तह र जिल्ला प्रशासनले त्यस्तो घोषणा गर्न सक्छन्।’

मन्त्री खतिवडाले अहिले सरकारले गरेको निर्णय नै कायम रहने र जहाँ जोखिम हुन्छ त्यहाँ केही सेवा बन्द गर्ने मोडलमा जाने बताए।

‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यही निर्णय सम्झौं,’ खतिवडाले भने, ‘अहिलेको लागि सरकारले जहाँ जोखिम, संक्रमण देख्दैन त्यहाँ खुकुलो गर्दै जान्छ। जहाँ संक्रमणको जोखिम देख्दै जान्छ, त्यहाँ तत्कालै सेवाहरु रोक्दै जानुपर्ने हुन्छ।’

खतिवडाले अहिले नै त्रसित नहुन र कोरोना संक्रमण फैलनेमा सबैलाई सचेत हुन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट