कोरोना संक्रमित मन्त्रीसँग सम्पर्कमा आएका आन्तरिक मामिलामन्त्री कार्की होम आइसोलेसनमा-Sutra News

कोरोना संक्रमित मन्त्रीसँग सम्पर्कमा आएका आन्तरिक मामिलामन्त्री कार्की होम आइसोलेसनमा

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

विराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन्।



केही दिन पहिले संघीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेसनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाव परीक्षण गर्न आग्रह गरेका छन्। मन्त्रीको निवासमा कार्यरत सबैको स्वाव लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट