![पुनर्निर्माण नसकिदै रानीपोखरीमा पानी भर्ने बहस [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2020/08/1596723782-Ncqys.jpg)
![पुनर्निर्माण नसकिदै रानीपोखरीमा पानी भर्ने बहस [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2020/08/1596723782-Ncqys.jpg)
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीमा कसरी पानी भर्ने विषयमा छलफल नै चलायो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताएका थिए।
उनले विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी गराएका थिए। पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले भने रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाएका थिए।
प्राधिकरणले पानी भर्ने बहस चलाए पनि रानीपोखरीमा भने पुनर्निर्माणका काम धमाधम भइरहेका छन्। हेर्नुस् सन्दीप आचार्यको फोटो फिचर।