सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश-Sutra News

सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

एजेन्सी–स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले इटालियन क्लब रोमालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।



खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लाले गोल गरे । यूसुफ एन नेसरीले ४४औं मिनेटमा दोस्रो गोल गर्दै जीत पक्का गरेका थिए ।

क्वार्टरफाईनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभिल्लाले उपाधि हात पारेको छ । लगातार तीन पटकगरी पाँच पटकको च्याम्पियन बनिसकेको सेभिल्ला छैठौँ पटक उपाधिका लागि कसरत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट