काठमाडौं–सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। आज सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार १ लाख २५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि वृद्धि भएको छ। तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबारको तुलनामा चाँदी ५५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।