काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सार्वजनिक रूपमै पार्टी प्रवक्ताको लाज जोगाउन सुझाव दिएका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद चलिरहेका बेला शुक्रबार सल्लाहकार रिमाले ट्वीटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै प्रवक्ताको लाज जोगाउन सुझाव दिएका हुन् ।
सल्लाहकार रिमालले लेखेका छन्,‘इनफ इज इनफ नारायणकाजी जी। कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्। ‘विधी र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ महसुस होस् !’