राष्ट्रिय सभाका चारवटै समितिका सभापति निर्विरोध निर्वाचित-Sutra News

राष्ट्रिय सभाका चारवटै समितिका सभापति निर्विरोध निर्वाचित

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं- राष्ट्रिय सभाअन्तर्गतका समितिहरुको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।



जसअनुसार दीगो विकास तथा सुशासन समितिको सभापति तारादेवी भट्ट निर्विरोध भएकी छन् भने विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ निर्वाचित भएका छन्।

यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट