लकडाउनपछि ३ हजारले लिए श्रम स्वीकृति-Sutra News

लकडाउनपछि ३ हजारले लिए श्रम स्वीकृति

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं- ‘लकडाउन’पछि धेरै नेपाली विदेशबाट स्वदेश फर्किरहेका बेला विदेश जान ३ हजार जनाले श्रम स्वीकृति लिएका छन्।



लकडाउन कारण ४ महिनासम्म रोकिएको श्रम स्वीकृति प्रक्रिया १९ असारदेखि खुला भएको थियो।

त्यसयता लगभग ३ हजार जनाले वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

उनका अनुसार नेपालीहरुले ६९ वटा देशमा जानको लागि श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेहरुमा सबै भन्दा धेरै विदामा आएका र विदा सकिएका रहेको दाहालले जानकारी दिए।

नेपाल सरकारले कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो।

लगडाउनका बेला पनि विदेश जानेहरु प्रायः कामदार रहेको वैदेशिक व्यवसायी संघका अध्यक्ष विश्व पौडेलले बताए।

अहिले नयाँ कारदार र विद्यार्थीहरु बाहिर जाने अवस्था नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट