भदौ १ देखि आन्तरिक उडान गर्ने बुद्ध एयरको तयारी-Sutra News

भदौ १ देखि आन्तरिक उडान गर्ने बुद्ध एयरको तयारी

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं– बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको बताएको छ ।



आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत पर्ने र कोभिड–१९ को महामारीको अवस्थामा पनि अति आवश्यक कारणले सर्वसाधारणहरु काठमाडौं तथा अन्यत्र आउजाउ गरि रहेको कारण आन्तरिक उडान सुचारु गर्नु पर्ने भन्दै प्रेस विज्ञप्ति जारि गरेको छ।

हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गरेर यात्रा गर्न बाध्य भएका छन्।

‘घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो। तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो।’

संक्रमित व्यक्तिसँग असुरक्षित तवरले घण्टौ यात्रा गर्दा संक्रमण फैलिनु स्वभाविक हो । पछिल्लो समयमा काठमाडौं उपत्यका तथा देशभित्र दिनहुँ संक्रमित बढ्नुमा मुख्य कारण यहि भएको बताइएको छ ।

विज्ञप्तिमा हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको उल्लेख गरिएको छ।

बुद्धले अहिलेको विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्न सकुन भन्ने उद्देश्यले भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोको उल्लेख गरिएको छ।

बुद्धले एकतर्फि हवाई भाडादर विराटनगरको लागि ३ हजार रुपैयाँ, भैरहवा २ हजार ७ सय रुपैयाँ, नेपालगञ्ज ४ हजार २ सय रुपैयाँ, पोखरा १ हजार ९ सय रुपैयाँ, भद्रपुर ३ हजार ४ रुपैयाँ, जनकपुर २ हजार ७ सय रुपेयाँ र धनगढीको लागि ५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट