उपत्यकाका तीनवटै प्रशासन कार्यलयमा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित-Sutra News

उपत्यकाका तीनवटै प्रशासन कार्यलयमा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं–उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमणको वृद्धिलाई मध्यनजर गर्दै १५ दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ।



सेवाग्राहीको भिडभाड अत्याधिक बढेकाका कारण कार्यालयबाटै कोभिड–१९ को संक्रमण सर्वसाधारणमा फैलिन सक्ने जोखिम रहेको भन्दै बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यलय काठमाडौंका प्रशासकिय अधिकृतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने, सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय समेत गरेको छ।

स्थगित अवधिमा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार,संस्था, पत्रपत्रिका दर्ता/नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण आदि कार्य बन्द रहनेछन्।

तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, जरुरी सवारी पास, विपत् व्यवस्थापन लगायत अत्यावश्यक मानिएका सेवा भने सञ्चालनमा रहने बताइएको छ।

ktm notice.jpg

ktm notice1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट