

एजेन्सी–स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति घरेलु मैदान क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ गोलअन्तर्गतले हराउँदै समग्रमा ४–२ को नतिजासहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्साले २३औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको ईन्जुरी समय ४६औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–० को अवस्थामा पुर्याए ।
पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात ५०औँ मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र बार्साले समग्रमा ४–२ को जीत निकाल्यो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।